कांग्रेस संसदीय दलको कार्यसमिति बैठक आज बस्दै

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ।

आज दिउँसो २:३० मा बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।

आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा लिने विश्वासको मत प्रक्रियामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने जनाइएको छ।

५ जेठ २०७८, बुधवार १०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु