न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न ! : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले गरेको राष्ट्रिय एकताको कुरामा विरोधको कुनै तुक नभएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले पछिल्लो सरकार गठनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटकपटक भेटेको भन्दै आरोप लागेपछि यस्तो रोष प्रकट गरेका हुन् ।

भट्टराईले सबै दलका नेताहरु ओलीका अगाडि निरिह रहेको उल्लेख गर्दै यस्तो अवस्थामा राष्ट्रिय एकताको कुरा गर्नु कुनै अपराध नभएको दाबी गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन प्रयास भइरहेको बेला बाबुरामले पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अपिल गरेका थिए ।

त्यसपछि उनलाई आफैलाई प्रधानमन्त्री बन्ने मन भए पनि त्यो असफल भएपछि राष्ट्रिय सरकार बनाउनतिर लागेको आरोप लागेको थियो । नेकपा एमालेका नेता महेश बस्नेतले ओलीसँग पटकपटक भेटी प्रधानमन्त्री बन्न बाबुरामले प्रस्ताव गरेको आरोपसमेत लगाएका थिए । बाबुरामले आफूले प्रधानमन्त्रीसँग भेट गरेको स्विकारेका छन्।

बाबुरामले अहिलेको अवस्थामा ओलीका अगाडि सबै सर्पको मुखमा भ्यागुता भने झैं अवस्था रहेको राष्ट्रिय एकताको कुरा कुनै अपराध नभएको तर्कसमेत गरेका छन् । देश गम्भीर संकटमा फस्दैछ। एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छस न वैकल्पिक सरकार बन्न ! संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’ उनले ट्वीटमा भनेका छन्

४ जेठ २०७८, मंगलवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु