सहमतिको लागि ओलीसँग माधव पक्षको यी बटमलाइन

एमाले विवाद मिलाउन सिंहदरबारमा जारी एमाले नेताहरूबीचको वार्तामा माधव नेपाल पक्षले सहमतिको लागि बटमलाइन पेस गरेको छ ।
हिजो प्रधानमन्त्री तथा केपी शर्मा ओलीसँगको वान टू वान वार्तामा भएको सहमति जानकारी गराउन नेपाल पक्षबीच आज दिउँसो भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले ओली पक्षसँगको वार्तामा बस्ने नेताहरूसमक्ष न्यूनतम एजेण्डासहितको कार्यादेश दिएका हुन् ।
ओली पक्षसँग नेपाल पक्षले राखेको सर्तहरूमा २०७५ जेठ २ को एमालेकालीन स्थायी कमिटी बैठक बसेर सम्पूर्ण विवाद मिलाउने, प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुअघि नै सबै विवाद र समस्या समाधान गरिनुपर्ने, वार्तामा सहभागी नेताहरूले मत नबाझिने गरी आफ्नो राय प्रस्तुत गर्नुपर्नेलगायतका छन् ।
यति नभए सामूहिक राजीनामा अडान कायमै राख्ने केन्द्रीय सदस्यहरूले सुझाव दिएको एक नेताले बताए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले दोस्रो तहका नेतासहित ओली र नेपालबीचको वार्ता जारी छ ।
३१ वैशाख २०७८, शुक्रवार २०:१५ बजे प्रकाशित