यी तीन मन्त्री गएनन् सपथ ग्रहणमा

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको नवगठित मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराइएको छ ।

श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना भने सपथग्रहण समारोहमा उपस्थित भएनन् । दुवै मन्त्रीमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकोले दुवै मन्त्री आइसोलेसनमा छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि अस्वस्थताको कारण सपथग्रहणमा उपस्थित हुन नसकेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

३१ वैशाख २०७८, शुक्रवार १५:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु