जसपालाई सरकारमा सहभागी हुन ओलीको प्रस्ताव
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गराउन भूमिका खेलेको जसपालाई सरकारमा सहभागी हुन प्रस्ताव गरिएको छ।
राष्टपति कार्यालयमा ओलीले तेस्रो कार्यकालका लागि शपथ लिएसँगै विस्तार हुने मन्त्रिपरिषद्मा जसपाको अध्यक्ष महन्था ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी आग्रह गरे पनि अस्वीकार गरेको बालुवाटार स्रोतले जानकारी दियो ।
जसपाका नेताहरुले अहिले आफ्ना माग सम्बोधन गर्न ओलीले सुरु मात्रै गरेकाले माग पूरा भएपछि सहभागी हुने जवाफ दिएको छ। बिहीबार बेलुका प्रधानमन्त्री नियुक्त भएका ओलीले शपथ लिएपछि सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।
शुक्रबार बिहान कस कसलाई मन्त्री बनाउने भनेर छलफल भए पनि निष्कर्षमा नपुगेकाले केही पुरानैलाई दोहोर्याउने संभावना रहेको छ ।
कांग्रेस, माओवादी केन्द्र र आफ्नै पार्टीको उपेन्द्र यादव पक्षले गठबन्धन सरकारका लागि गरेको आग्रहलाई ठाकुर महतो पक्षले अस्वीकार गर्दै आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा लगेर राखेको थियो ।
३१ वैशाख २०७८, शुक्रवार १४:४६ बजे प्रकाशित





