माधव नेपाल पक्षका सांसदलाई कारबाही गर्नेबारे एमालेको स्थायी कमिटी बैठकमा छलफल जारी

नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजे स्थायी कमिटी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
माधव नेपाल पक्षका सांसदलाई कारबाही गर्नेबारे स्थायी कमिटी छलफल जारी छ ।
संसदमा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समयसीमा आज सकिँदैछ । उता एमालेका असन्तुष्ट समूह खनाल–नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको छ ।
यद्यपि, राजीनामा दिने कि नदिने भन्नेमा उनीहरूभित्र मत बाझिएको छ ।
३० वैशाख २०७८, बिहीवार ०९:२७ बजे प्रकाशित