योगेश भट्टराई र गोकर्ण विष्टद्धारा सांसद पदबाट राजीनामा दिने घोषणा !

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअगावै नेकपा एमालेका केही प्रत्यक्ष निर्वाचित सांसदहरु भने राजीनामा दिन लागेका छन् ।
माधव नेपाल र झलनाथ खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु राजिनामा दिन लागेका हुन् ।
उनीहरुले हिजो बुद्धनगरमा भेला भएर सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् । त्यस सूचीमा पूर्वमन्त्रिहरु योगेश भट्टराई र गोकर्ण विष्ट पनि छन्।
पत्रमा राजीनामा गर्नुपरेको कारण खुलाएर हस्ताक्षर समेत गरिएको छ ।
कोरोना भाइरसको सं’क्रमणले नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने भेलामा उपस्थित हुन सकेनन् । तर, उनीहरुले खनालसँग पनि सम्पर्क गरी पत्र तयार गरेको बुझिएको छ ।
हस्ताक्षर गर्ने सबै एमालेको सुर्य चिन्हबाट प्रत्यक्ष निर्वाचितहरु छन् । उनीहरुमध्ये अधिकांशलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण मागेर कारबाहीको सूचीमा राखेका छन् । राजीनामा दिनेहरुमा सो समूहका नेता माधव, झलनाथसहित प्रभावशाली नेताहरु योगेश भट्टराई, भीम रावल र सुरेन्द्र पाण्डे लगायत छन् ।
२३ वैशाख २०७८, बिहीवार १४:३९ बजे प्रकाशित