चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित हुँदा पृथ्वीमा तनाव, अमेरिकाले गर्दैछ निगरानी

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीनको एउटा रकेट अन्तरिक्षमा अनियन्त्रित भएर घुमिरहेको जानकारी दिएको छ।
उक्त अनियन्त्रित रकेट पृथ्वीको सतहमा प्रवेश गर्ने भएकाले त्यसबाट उछिट्टिने टुक्राले मानवबस्तीमा असर पुर्याउनसक्ने चिन्ता व्यक्त भएको छ।
चीनको लङ मार्च ५बी रकेट मार्च ८ सम्ममा पृथ्वीमा प्रवेश गर्नसक्ने अमेरिकी रक्षा विभागका प्रवक्ता माइक होवार्डले बताएका छन्।
यूएस स्पेस कमान्डले उक्त रकेटलाई ट्रयाक गर्ने प्रयास गरिरहेको बताइएको छ।
गतहप्ता चीनले उक्त रकेटमा स्पेस स्टेसन बनाउन प्रयोग हुने सामग्री अन्तरिक्षमा पठाएको थियो।
२२ टन वजनदार सो रकेट पृथ्वीमा प्रवेश गर्दा अनियन्त्रित हुने बताइएको छ।
इन्डिपेन्डेन्ट को युकेका अनुसार हाल सो रकेट हरेक ९० मिनेटमा पृथ्वीको पुरा परिक्रममा गरिरहेको छ अथवा हरेक सेकेन्ड ७ किलोमिटर उडिरहेको छ।
पृथ्वीको कक्षमा घुमिरहेको यो रकेटलाई न्युयोर्क, मड्रिड, बेइजिङ, चिली तथा न्युजिल्यान्डमा ट्र्याक गरिएको छ।
यसअघि चीनकै लङ मार्च रकेटको टुक्राहरु सन् २०२० को मेमा अफ्रिकाको आइभरी कोस्टमा खसेको थियो।
यो अहिले कहाँ खस्न भनेर थाहा नभएकाले चिन्ता बढेको हो। यसलाई विश्वभरका वैज्ञानिकले निगरानी गरिरहेका छन्।
२३ वैशाख २०७८, बिहीवार १४:४५ बजे प्रकाशित