ओलीलाई विश्वासको मत दिन एमालेको अपिल

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन सबै पक्षसंग अपिल गरेको छ ।
एमालेले प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
बालुवाटारमा विहीबार विहान बसेको स्थायी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् ।
माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् ।
२३ वैशाख २०७८, बिहीवार १२:३२ बजे प्रकाशित