दैनिक सुनको मूल्यमा सामान्य वृद्धि
आज प्रतितोला ९० हजार ६ सय रुपैंयामा कारोबार
काठमाडौं । नेपाली बजारमा बिहीवार आज सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो ।
आज सुनको मूल्य ३ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।
तर आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १३ सय २० रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आइ प्रतितोला चाँदी १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
२३ वैशाख २०७८, बिहीवार १३:०८ बजे प्रकाशित





