ईश्वर पोखरेलले  फुके योगेशको कान !

उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षका नेता योगेश कुमार भट्टराई बोलाएर भेटेका छन् ।

बुधवार दिउसो सिंहदरबारमा बोलाएर उनले डेढ घण्टा भेटेका हुन् । पार्टी विभाजनको डिलमा पुगेका बेला पोखरेलले भट्टराईलाई भेटेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिनु अघि माधव नेपाल पक्षका २२ सांसदले राजीनामा दिने चर्चाकै बीचमा त्यस्तो कदम नचाल्न र एमाले नेतृत्वको सरकार टिकाउने भूमिका निर्वाह गर्न पोखरेलले भट्टराईलाई आग्रह गरेका थिए ।

पार्टीभित्र नेपाल पक्षले सामूहिक राजीनामा दिने बताएपछि ओली पक्षका नेताहरूले नेपाल पक्षका नेताहरूलाई बेग्ला बेग्लै भेटघाट गरिरहेका छन् ।

२२ वैशाख २०७८, बुधवार २०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु