एसएसपी तामाङको गीत ‘आमा’ सार्वजनिक (भिडियो सहित)

वरिष्ठ गीतकार एवं एसएसपी टेक तामाङको शब्द रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा दीपा लामाको स्वर रहेको छ । पावल चाम्लिङको कम्पोज रहेको गीतमा एरेन्ज चाँद सिंहले गरेका हुन् ।
गीतको भिडियोमा सौजन सुब्बा, रोहनी लामा, सुम्दिमा चाम्लिङ राई, सजन मगर, भोलाराम धिताल, दुर्गा धिताल र कृष्ण राईको अभिनय देख्न सकिन्छ ।
आमाको माया र हुर्काउन गर्नुपर्ने जिम्मेवारी आमाले बाहेक छोराछोरीलाई कसैले दिन सक्दैन भन्ने बिषयले गीतले प्रस्तुत गरेको छ ।
नरेन मोक्तानको छायाँकन रहेको भिडियो देवजंग थापाले निर्देशन गरेका हुन् ।
गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघि सरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत बाहिर आएका छन् ।
२२ वैशाख २०७८, बुधवार २०:०४ बजे प्रकाशित