जसपा फुट्यो, पैसाको झोलासहित सांसदको घरदैलो गर्दै नेताहरू

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले जसपा नेपाल फुटको सँघारमा पुगेको स्वीकार गरेका छन् ।

सोमवार रातिदेखि जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित देशी विदेशी शक्तिहरूले घरदैलो गरिरहेको आरोप पाण्डेले लगाएको छ ।

पाण्डेले सामाजिक सञ्जालमा लामो वक्तव्य दिँदै उनले भनेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी(विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । ‘

पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको आरोप लगाएका छन् ।

२१ वैशाख २०७८, मंगलवार १३:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु