कोरोना संक्रमणका कारण आईपीएल स्थगित

खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग आईपीएल स्थगित भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो ।

यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो ।

प्राय टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।

२१ वैशाख २०७८, मंगलवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु