ओलीलाई गम्भीर धक्का, एकैपटक २३ केन्द्रीय नेताले साथ छोडे

लमजुङमा नेकपा ओली समुह परित्याग गरी पुर्वगाविस अध्यक्षसहित २३ जना प्रचण्ड–नेपाल समुहमा प्रवेश गरेका छन्।

तत्कालीन नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा भलायखर्क गाविसका पुर्व अध्यक्ष ऋषिकेश घिमिरे, वुद्धिजिवी परिषद् लमजुङका अध्यक्ष मातृका खनाल, जिल्ला कमिटी सदस्य कृष्णबहादुर केसी लगायत २३ जनाले सामुहिक रुपमा ओली समुहलाई गरेको समर्थन फिर्ता लिएको र प्रचण्ड नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको घोषणा गरेका छन्।

नेपाल कम्युनिष्ट पाटी प्रचण्ड–नेपाल जिल्ला कमिटीले पत्रकार सम्मेलन गरी २३ जनाले हस्ताक्षरसहित प्रतिगमनको विरुद्ध एकतावद्ध भई अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन्।

पुर्व गाविस अध्यक्ष समेत रहेका तत्कालीन नेकपा एमालेका सचिवालय सदस्य ऋषिकेश घिमिरेले ओली समुहले कार्यकर्ता व्यवस्थापन तथा योगदानको कदर गर्न नसकेको भन्दै आफुहरु प्रचण्ड नेपाल समुहमा प्रतिगमनको विरुद्धमा एक्येबद्धता जनाएको बताए।

यस्तै कार्यक्रममा बोल्दै प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देवप्रसाद गुरुङले केपी शर्मा ओलीले एकाधिकार दलाल, नोकरशाही, पूँजीवादलाई संरक्षण गरिरहेको बताए। उनले भने ‘यसले ‘भ्रष्टाचार’ र ‘कमिसन’को खात लागेको छ यसको अन्त्य नगरे मुलुक पुरै कंगाल बन्नेछ।’

१४ फागुन २०७७, शुक्रवार ०६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु