देउवासँग भारतीय राजदूतको गोप्य भेट

भारतीय राजदूत विनयमोहन क्वात्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरेका छन् ।

गत मंसिर ६ गते पनि क्वात्रले देउवासँग गोप्य भेट गरेका थिए । त्यसबेला सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको थियो । क्वात्रले सुटुक्क विपक्षी नेतालाई भेटेर भारतीय धारणा पेस गरेका थिए ।

अहिले नेकपा विभाजनको अवस्थामा छ । तर, कानुनी रुपमा फुटिसकेको छैन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा मुद्वा बिचाराधिन छ । यस्तो बेला
क्वात्रले देउवासँग सुटुक्क कुराकानी गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यो भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन् ।

स्रोतका अनुसार मंसिर ६ गतेको भेटमा नेकपा विवादमा खेलेर कसरी पार्टी विभाजन गर्न सकिन्छ ? भन्ने विषयमा कुराकनी भएको थियो । नेकपा विवादको विषयमा राजदूतको बढी चासो थियो ।

अहिले पुनः भेट भएको तर, के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन् ।

यसअघि भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उक्त भेटबारे पनि औपचारिक रुपमा केही सार्वजनिक भएको छैन् ।

२५ माघ २०७७, आइतवार २०:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु