जनतालाई परिचालन गरेरमात्रै अस्थिरता अन्त्य गर्न सकिन्छ : थापा बादल

गृहमन्त्री नेकपाका नेता रामबहादुर थापा बादलले राजनीतिको केन्द्रीय प्रश्न केन्द्रको सत्तासँग जोडिएको बताएका छन् ।

नारायणहिटी दरबार अघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता थापाले सत्ताकै कारण अहिलेको यो अस्थिर परिस्थिति सिर्जना भएको बताए ।

यो अस्थिरता अन्त्य गर्न फेरि आन्दोलनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीले जनतालाई परिचालन गरेरमात्रै अस्थिरता अन्त्य गर्न सकिन्छ भनेर हामीले नयाँ आन्दोलन सुरू गरेका हौँ ।’

२३ माघ २०७७, शुक्रवार १४:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु