छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाउने एक जना पक्राउ

रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा देवदह नगरपालिका ११ रामपुर बस्ने ३९ वर्षीय राम बहादुर बिकलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ६५ वर्षीय शेष बहादुर गुरुङलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले राम बहादुरलाई खुकुरीसहित पक्राउ गरेको हो ।

घाइते शेष बहादुरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।

२३ माघ २०७७, शुक्रवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु