संवैधानिक इजलासमा प्रतिरक्षा बहस शुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ ।

रिट निवेदक पक्षका अधिवक्ताको बहस सकिएपछि महान्यायाधीवक्ता अग्नि खरेलले सरकारका तर्फबाट सोमबार प्रतिरक्षा बहस सुरु गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते संसद विघटन गरेकी थिइन ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै परेका रिटमाथि सर्वोच्च अदालतमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ ।

रिट निवेदकका तर्फबाट कानून व्यवसायीको बहस आइतबार सकिएपछि आज सोमबारदेखि सरकारका तर्फबाट प्रतिरक्षा बहस सुरु भएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ जनाको रिट निवेदन दर्ता भएको थियो ।

यी निवेदकका तर्फबाट करिब तीन सय जना कानून व्यवसायीले वकालतनामा भरे पनि करिब ७० जनाले मात्र बहस गरेका हुन् ।

सरकारी पक्षका तर्फबाट ११ जना सरकारी वकिल र त्यसबाहेक ८८ जना कानून व्यवसायीले वकालतनामा भरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध माघ ४ गतेदेखि संवैधानिक इजलाशमा बहस चलिरहेको छ ।

१९ माघ २०७७, सोमवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु