बढ्यो सुनको मूल्य

सुन आज प्रतितोला पाँच सय रुपैयाँ महंगो भएको छ।

हिजो ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ९२ हजार ६ सय रुपैयाँ पुगेको छ।

त्यस्तै आइतबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि सोही दरले बढेर आज ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने ह्वात्तै बढेको छ।

प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाकै १४ सय रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस नै १२ अमेरिकी डलरले बढेको छ।

आज १८ सय ६१ दशमलव ९१ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन् ।

१९ माघ २०७७, सोमवार १२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु