राजनीतिका बीचमा पनि गरीखानेहरुको वर्चश्व हुनुपर्छ : विनोद चौधरी

नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ ।

कांग्रेसले आज विरगञ्जमा एक पत्रकार सम्मेलन आयोजना गर्दै ‘गरिखाने अभियान’ को घोषणा गरेको हो ।

नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना सहित उक्त अभियान सुरु गरिएको उद्योगी चौधरीले जानकारी दिए ।

उनले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेका युवाहरुलाई अभियानमा समेट्ने बताए ।

‘हाम्रो सोच भनेको नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेका सबैलाई समेटेर लैजाने हो ।

अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं,’ उनले भने ।

उद्योगी चौधरीले गरीखाने अभियान प्रतयक जिल्लामा चलाउने योजना रहेको बताए ।

‘गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउदैछौं । प्रदेश २ को वीरगञ्जमा पहिलो छलफल भयो ।

प्रत्येक जिल्लामा बनाउनुपर्छ भन्ने नै हाम्रो सोच हो,’ उनले भने, ‘उद्यम र व्यवसायको रुपमा सबैभन्दा अगाडि वीरगञ्ज छ, त्यहीँबाट हामीले अभियान सुरु गरेका छौं ।

यो अभियान एक किसिमको क्रान्ति पनि हो । हाम्रो सोचाइ भनेको राजनीतिका बीचमा पनि गरीखानेहरुको वर्चश्व हुनुपर्छ ।’

१५ माघ २०७७, बिहीवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु