हुम्लामा मध्यावधी निर्वाचनको तयारी

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा परेको रिटमा सुनुवाइ सकिएको छैन ।
संसद ब्युतिन सक्ने धेरै आधारहरु छन् । तर, हुम्लामा भने मध्यावधि निर्वाचनको चहलपहल सुरु भएको छ ।
सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न गर्ने भनिएपछि जिल्ला निर्वाचन कार्यालय हुम्लाले कार्यक्रम अघि बढाएको हो ।
जिल्लाका ७ गाउँपालिका ४४ वटा वडापालिका रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र रहेका छन् ।
सरकारले वैशाख १७ र २७ गते निर्वाचन तोकेपछि जिल्ला निर्वाचन कार्यालय निर्वाचन कार्यालयको सम्पन्न तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेश कुमार थापाले जानकारी दिए ।
माघ १६ गतेदेखि मतदाताको नामावलीको क्रृटि सच्याउने र दावी विरोध हटाउने काम सुरु हुने निमित्त जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।
प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरुलाई माघ ११ गते तालिम हुन्छ, फागुन २ गतेदेखि ७ गते भित्र मतदाताहरुको नामावाली आई पुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
९ माघ २०७७, शुक्रवार १३:१९ बजे प्रकाशित