भक्तपुरबाट १२ जुवाडे पक्राउ

भक्तपुरबाट १२ जुवाडे पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका–४, नयाँ खोरियास्थित खुला चौरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दोलखाको सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जनाको साथबाट एक लाख ७३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

९ माघ २०७७, शुक्रवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु