राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल सकियो

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ गरेको स्रोतले जानकारी दियो ।
त्यस्तै उनले पार्टी र आगामी निर्वाचनबारे पनि राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्री साढे २ घन्टासम्म मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको शीतल निवास स्रोतले जानकारी दियो ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्रीले रास्ट्रपतिलाई भेटेका हुन् ।
राष्ट्रपति कार्यालयले यसलाई नियमित भेट भनेको छ ।
४ माघ २०७७, आइतवार १५:२० बजे प्रकाशित