‘हेग’ लाने ओलीको चेतावनी पछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया

बालुवाटारमा खैलाबैला !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हेगमा लजाने चेतावनी दिएका छन् ।

अध्यक्ष प्रचण्डले गत कात्तिक २७ गते बसेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालत हेग लैजाने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री अ‍ोलीले तयार पारेको प्रतिवेदनमा ‘युद्ध अपराध गरेकोमा माफी माग्नुपर्दैन ?’ भन्दै प्रश्न गरेका छन् । त्यस्तै उनले जनयुद्धकालमा १७ हजार मान्छे मारेको र बाँदरमुडे घटना जोडेर प्रचण्डलाई हेग लैजाने धम्कीपूर्ण जवाफ दिएका हुन् ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले प्रचण्डले भ्रष्टाचारको आरोप लगाएको भन्दै गम्भीर आरोप लागेको मानिस आत्मालोचना गरेर मात्रै उम्किन नसक्ने बताएका छन् । ‘ तर तपाईँको विगत र हालको चाहना जनतासँग स्पष्टरुपमा पुग्यो भने के हुन्छ ? यो यति गम्भीर विषय हो, जसलाई यतिकै छोड्न मिल्दैन ।

तपाईले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लान्छित गर्नु भएको छैन । मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनु भएको छ,’ उनले भनेका छन् ।

त्यस्तै उनले आफूमाथि लागेका आरोप पुष्टि गर्दै कारबाही गर्न चुनौती दिएका छन् । ओलीले आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने दृष्टताको जवाफदेही बन्न तयार रहन पनि प्रचण्डलाई चुनौती दिएका छन् ।

तर अध्यक्ष दाहाल पक्ष भने अध्यक्ष ओलीको प्रस्तावलाई अध्ययन गरेपछि आफ्नो रणनीति बुन्ने योजना रहेको छ । सत्तारुढ दल नेकपामा अध्यक्ष ओली पक्ष र अर्का अध्यक्ष दाहाल पक्षबीच एक अर्कामा आरोप प्रत्यारोपको क्रम निरन्तर चलिरहेको छ । दलमा दुई खेमा स्पष्ट देखिएपछि नेकपाको उच्च नेतृत्व चरम शक्ति संघर्षबाट गुज्रिरहेको छ ।

भोली शनिबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने अध्यक्ष ओलीको प्रस्तावपछि उत्पन्न हुने अवस्थापछि नेकपाभित्रको अन्तरद्धन्दको दिशा के कस्तो हुने संकेत देखिने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

१२ मंसिर २०७७, शुक्रवार २१:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु