भ्रष्टाचार मुद्दामा मन्त्री दम्पतीसहित १७ जना पक्राउ

इन्डोनेसियाली एक मन्त्रीलाई समुद्री झिँगाहरुको ओसारपसार सम्बन्धी नीतिमा भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

यसै मुद्दामा मन्त्री र उनकी पत्नीसहित १७ जना पक्राउ परेका छन् ।

समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी अधिकारीहरुले यस मुद्दाबारे सोधपुछ गर्न बोलाउँदा मन्त्री इधीले उपस्थित हुन इन्कार गरेपछि प्रहरीले उनको निवासमै पुगेर पक्राउ गरेको जनाएको छ ।

यसबारे राजधानी जाकार्तामा बुधबार साँझ पत्रकार सम्मेलन मार्फत जानकारी दीइएको थियो । मन्त्री इधीले झिँगा ओसारपसारबारे निर्णय गर्ने क्रममा आयतकर्ताहरुसँग मिलेर ६ लाख ९५ हजार ६ सय ५५ अमेरिकी डलर भ्रष्टाचार गरेको बताइएको छ ।

यस मुद्दामा अरु थप सात जना पनि अनुसन्धानको घेरामा परेको यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

१२ मंसिर २०७७, शुक्रवार २१:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु