भयानक संकटमा नेकपा : फुट्ला कि नफुट्ला ?

आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका दुवै समूह ‘पर्ख र हेर’को रणनीतिमा प्रवेश गरेका छन्।

सोमबारसम्म ‘पर्ख र हेर’को चरण बनाउने र त्यसपछि एकले अर्काको कदम हेरेर अगाडि बढ्ने उनीहरूको पछिल्लो योजना छ। दुवै पक्षले एक–अर्काले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

तर, सम्भावित दुर्घटनाको अपजस लिन नपरोस् भन्नेमा दुवै पक्ष सचेत देखिएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

सचिवालयका बहुमत सदस्यको लिखित प्रस्तावलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सीधै अस्वीकार गरेपछि नेकपा विवाद ४८ घन्टा अर्थात् दुई दिनसम्म ‘पर्ख र हेर’को चरणमा प्रवेश गरेको छ ।

तर, शनिबार रातिसम्म कुनै समूह पनि पछाडि हट्ने मनस्थितिमा छैन।

योसँगै नेकपाको आन्तरिक विवाद निर्णायक चरणमा प्रवेश गरेको छ । अब कुनै पनि समूहले चाल्ने एउटा कदमले नेकपालाई भयानक संकटमा लैजाने खतरा जीवित नै छ।

 

२३ कात्तिक २०७७, आइतवार ०५:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु