प्रचण्डलाई ओलीले जाली–झेली भनेपछि ….

सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जाली झेली भनेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपाका पाँचजना सचिवालय सदस्यकै अघिल्तिर ओलीले दाहाललाई यस्तो भनेका हुन् । अरूलाई त खासै रिस पोखेनन् । तर, कार्यकारी अध्यक्ष प्रचण्डसँग भने क्षुब्ध बनेका थिए ।

“तपाईं जहिल्यै गुटबन्दी गर्नुहुन्छ । सरकारलाई असहयोग गर्नुहुन्छ । जाली, झेली कुरा गर्दै हिँड्नुहुन्छ,” ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “मैले कहिले बैठक नराख्ने भनेँ, तपाईं र मबीच बैठक राख्ने विषयमा नै त कुरा भएको छ । तर, तपाईं गुटबन्दीमै रमाउनुहुन्छ १”

ओलीले शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकलाई पनि ‘गुटीयार भेला’को दर्जा दिएका थिए । त्यसलाई नै ‘बैठक बसिराख्नु भएको छ त’ भनेर ‘खिसी’ गरेको एक नेताले बताए ।

२३ कात्तिक २०७७, आइतवार ०५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु