कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यहरुमा कोरोना पुष्टि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

वरिष्ठ नेता पोडेलका अनुसार केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडू, सुरेन्द्र पाण्डे, सुजाता परियार, केन्द्रीय सदस्यहरु किरण यादव, मोहम्मद नसिर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा कोरोना संक्रमण देखिएको हो।

नेता पोडेलले ६ नेतामा कोरोना पोजिटिभ देखिएकोमा दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

२१ कात्तिक २०७७, शुक्रवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु