पार्टी फुटाउने ओलीको प्रस्ताव प्रचण्डद्धारा अस्विकार

पार्टी फुटाउने प्रधानमन्त्री केपी ओलीको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको सँघारमा पुगेको छ ।

पार्टीका का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ-आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको नेकपा सचिवालयका एक नेताले बताए ।

प्रचण्डले ‘कहाँ यसरी सल्लाहले पार्टी फुटाउन मिल्छ ?’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेको ती नेताको भनाइ छ ।

विगत ११ दिनको सम्वादहीनतालाई चिर्दै शनिबार बालुवाटारमा दुई अध्यक्षवीच छलफल भएको थियो । त्यसअघि दुई अध्यक्षवीच फोनमा कुराकानी भएको थियो । आइतबार पनि ओली र प्रचण्डवीच फोन सम्वाद भएको थियो । नेताहरुका अनुसार यी सबै सम्वादहरुमा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले आ–आफ्नो बाटो लाग्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्रको अन्तरविरोध एकाएक सघन बनेको हो ।

१६ कात्तिक २०७७, आइतवार २०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु