१० वर्षकी लाटी बालिकालाई बन्धक बनाएर बलात्कार, भारतीय नागरिक पक्राउ

जनकपुरमा राम्ररी बोल्न नसक्ने (लाटी) १० वर्षकी बालिकालाई बन्धक बनाएर बलात्कार भएको छ। धनुषाको धनुषा सवैला नगरपालिका घर भई जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चौकमा डेरा गरी बस्ने बालिकामाथि बलात्कार भएको हो।

सोहि घरमा डेरा गरी बस्ने भारत विहार राज्यको जिल्ला सितामढी थाना बथनाहा ग्राम पञ्चायत भुतही वडा नं। ५ हरिवेला गाउँका ५१ वर्षीय विरेन्द्र साहले बालिकालाई बन्धक बनाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पीडित परिवारका अनुसार गएको शुक्रबार अपरान्ह साढे ४ बजे घरमा कोहि नभएको मौकाछोपी बालिकालाई ललाई फकाई विस्कुट, चकलेटको प्रलोभन दिई आफ्नो कोठा भित्र लगेर बन्धक बनाई जवरजस्ती करणी गरेको हो। आमाले छोरीलाई खोज तलाश गर्ने क्रममा विरेन्द्र साहको कोठाबाट रूँदै कराउँदै निस्केपछि स्थानीयलाई गुहारेकी थिइन्।

घटना लगतै पुगेको प्रहरी टोलिले साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

साहमाथि शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनले बताए।

१६ कात्तिक २०७७, आइतवार २०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु