पार्टी फुटे माधव नेपाललाई एकल अध्यक्ष बनाउँछु : प्रधानमन्त्री ओली

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटे माधव नेपाललाई एकल अध्यक्ष बनाउने बताएका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग दुरी बढेपछि ओलीले पूर्व एमालेहरु एक हुनुपर्छ भन्दै नेपालसंग संवाद बढाएका छन् ।

माधव नेपाल पार्टी फुट्दा अर्को पक्षमा नरहुन भनेर ओलीले नेपाललाई एकल अध्यक्षको प्रस्ताव गरेका छन् । ‘पार्टी फुटे माधव नेपाललाई एकल अध्यक्ष बनाउँछु’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै वालुवाटार स्रोतले भन्यो ।

‘प्रचण्ड’सँग दूरी बढेसँगै ओलीले वरिष्ठ नेता नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् ।

स्रोतका अनुसार ओलीले भनेका छन्, ‘अब मिलेर जाऔँ, अबको नेता तपाईँ नै हो । तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ ।’

गत साउन ९ गतेयता छलफल नगरेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गत कात्तिक ४ गते र मंगलबार गरी दुईपटक संवाद भइसकेको छ । दुवै भेट प्रधानमन्त्री ओलीको चाहनामा भएको र ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेको नेपालनिकट नेताले बताए ।

 

१६ कात्तिक २०७७, आइतवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु