केन्द्रीय समिति बैठक सारिएकोप्रति प्रचण्डको असन्तुष्टी
केन्द्रीय समितिको बैठक एक महिनाका पर सारिएकोप्रति नेपाल कम्युनिस्ट पार्टी नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी जनाएका छन् ।
नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ । कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो।
तर, आफुसंग ठोस सल्लाह नै नगरी एक्तर्फी रुपमा विज्ञप्ती निकालिएको भन्दै प्रचण्डले आफु निकटका नेताहरुसँग पार्टीमा ‘अति’ हुन थालेको बताएको स्रोतको दाबी छ ।
१२ कात्तिक २०७७, बुधवार १३:५७ बजे प्रकाशित





