डा. भट्टराई जसपाको संघीय परिषद अध्यक्षमा सर्वसम्मत
कार्यकारी अध्यक्षमा महन्थ र उपेन्द्र

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले पार्टीको संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराईलाई चयन गरेको छ।
सोमबार र मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
‘‘भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाइएको हो।’ जसपाका एक नेताले भने।
गत वैशाखमा राजपा र संघीय समाजवादी दल एकीकरण भएर जसपा बन्दा अन्तिम समयमा भट्टराई पार्टीको चौथो वरियतामा पुगेका थिए। पार्टी एकीकरण हुनुअघि भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए। जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्।
यस्तै जसपाले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ। यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो।
आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए।
४ कात्तिक २०७७, मंगलवार १६:०७ बजे प्रकाशित