दसैं भत्ताले भेन्टिलेटर किनौं : जनार्दन शर्मा

नेकपाका सांसद जनार्दन शर्माले दशैं भत्ताको रकम भेन्टिलेटर किन्न लागि खर्च गर्न सकिने बताएका छन्।

‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं’ शर्माले ट्विटरमा लेखेका छन् ।

सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेक बिरामीलाई दिने पनि उल्लेख गरेका छन् ।

‘दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु’ उनले भनेका छन् ।

२ कात्तिक २०७७, आइतवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु