२९४२ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।
२ कात्तिक २०७७, आइतवार १६:३४ बजे प्रकाशित