ओलीले भाग्य चम्काइदिएका यी हुन तीन नयाँ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका ईश्‍वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाउँदै उक्त मन्त्रालय आफैंले जिम्मा लिएका छन्।

यसबाहेक प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन्।

त्यस्तै उनले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन्। पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार तीनै जना मन्त्रीलाईनियुक्त गरेकी हुन्।

२८ असोज २०७७, बुधवार १९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु