प्रचण्ड–ओलीबीच बालुवाटारमा तीन घण्टा वार्ता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । करिब तीन घण्टा भएको भेटवार्तामा कर्णाली प्रदेशको पार्टीभित्रको विवाद मिलाउनेबारे केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ ।

कर्णालीमा उत्पन्न भएको विवाद हल गर्नको लागि कसरी अघि बढ्ने भन्नेबारे दुई अध्यक्षबीच कुराकानी भएको स्रोतको भनाइ छ । तर, विवाद समाधानको लागि उनीहरुबीच ठोस सहमति भएको छैन् । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका नेकपाका पदाधिकारीहरुलाई काठमाडौं बोलाएका छन् ।

आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, मंगलबार अपरान्हसम्म ओली पक्षधरहरु अल्पमतमा परेका थिए ।

शाहीको कुर्सी जोगाउनको लागि नेकपाका कार्यकारी अध्यक्ष दाहालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले शाहीलाई साथ दिएका थिए ।

२८ असोज २०७७, बुधवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु