प्रचण्डलाई पेलेरै नयाँ मन्त्रीलाई सपथ खुवाउने प्रम ओलीको तयारी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सुझावबेगर पेलेरै भएपछि नयाँ नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा तत्काल नयाँ मन्त्री लैजाने र दशैं पछि मात्रै अन्य मन्त्रीका विषयमा सोच्ने भनेको सार्वजनिक भएको थियो ।

तर, नेकपाका अध्यक्ष अध्यक्ष पुष्टकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतका अनुसार ओलीले कुरा फेरेका छन् । र पेलेरै भए पनि नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी गरेका छन् ।

‘‘‘उहाँ ओलीले सुरुमा तीनजना थप्ने भन्नुभयो । सोही अनुसार नयाँ को को जाने भनेर पनि छलफल भयो । अहिले आएर सबैजना आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान राख्नुभयो’ ती नेताले भने ।

पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्वयबीच सहमति हुन सकेको छैन । ओलीले सबैजना आफूले भनेकै व्यक्ति मन्त्री हुनुपर्ने अडान राखेका छन् ।

प्रचण्डले भने स्थायी कमिटी बैठकको निर्णयका आधारमा पुरै टिम हटाएर नयाँ टोली पठाउनु पर्ने बताउदै आएका छन् । अध्यक्षद्वयबीचका पटक पटकका भेटवार्तामा सहमति भने हुन सकेको छैन ।

२६ असोज २०७७, सोमवार ०९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु