वाग्मती र प्रदेश १ को मुख्यमन्त्री पनि फेर्ने तयारी, हस्ताक्षर संकलन

‘अब कर्णाली प्रदेशबाट मुख्यमन्त्री हटाउने खेल वाग्मती र प्रदेश १ सम्म आइपुग्न सक्छ,’ नेकपा उच्च स्रोतले भन्यो ।

कर्णाली प्रदेशमा अहिले देखिएको विवादप्रति केन्द्रमा नेपाल पक्ष मौन देखिएको छ । आफ्नै पार्टीका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संसदीय दलमा उनी अल्पमत परेका छन् ।

‘माधव नेपाल पक्ष मौन रहेका बेला दाहाल समूहको भने यतिबेला परीक्षा सुरु भएको छ । दाहालले अब प्रदेश १ र वाग्मती प्रदेशमा पनि हल्का साथ दिए भने त्यहाँका मुख्यमन्त्रीहरू पनि परिवर्तन हुन सक्छन्,’ स्थायी कमिटीका अर्का सदस्यले भने ।

ती सदस्यका अनुसार कर्णालीमा मुख्यमन्त्री फेरिने अवस्था आए वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन ४५ सांसदको हस्ताक्षर र प्रदेश १ का ३१ सांसदको हस्ताक्षर तयारी अवस्थामा छ ।

‘हामीमाथिको ग्रिन सिग्नल कुरेर बसेका छौं,’ वाग्मती प्रदेशका एक सांसदले भने । ती सांसदका अनुसार दुई महिनाअघि नै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर संकलन भएको थियो ।

त्यस्तै प्रदेश १ को सरकारमा पनि कर्णालीको असर पर्ने सम्भावना छ । सुरुमा संसदीय दलमा शेरधन राई र भीम आचार्यबीच मतदान हुँदा दुई मतको मात्रै फरक थियो । दुई मत बढी पाएर राई संसदीय दलको नेता भएका हुन् । अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने अवस्था आए ३१ सांसदको हस्ताक्षर तयारी अवस्थामा रहेको स्रोतको दाबी छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने

२६ असोज २०७७, सोमवार ०९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु