राजा फाल्नु गल्ती रहेछ : काँग्रेस नेता कोइराला

काङ्ग्रेस छिट्टै हिन्दू राज्यको पक्षमा उभिने दाबी

नेपाली काँग्रेसका नेता एवम् नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले नेपाली काङ्ग्रेस छिट्टै राजसँस्था र हिन्दू राज्यको पक्षमा उभिने दाबी गरेका छन्।

राजसंस्था र काँग्रेस एक अर्काका परिपुरक भएको र दुबैले एक अर्काको अस्तित्व स्वीकार्न नसक्दा मुलुक गम्भीर स्थितिमा पुगेको बताए।

“राजाले राजसंस्थाको ढाल काङ्ग्रेस भएको नबुझ्दा र काङ्ग्रेसले राजसंस्था प्रजातन्त्रको लागि रक्षा कवच हो भन्ने नबुझ्दा यो हाल भयो।”, उनले भने।

एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै अधिकारीले नेपाली काग्रेँसले विपीले देखाएको बाटो भुल्दा देश संकटमा पुगेको बताएका हुन्। उनले विपीको मेलमिलापको निति कम्युनिष्ट संग मिल्नको लागि नभइ राजा संग मिल्नको लागि भएको बताए।

तर विद्वान र युवा भनिएका नेताहरुले त्यसलाई अपव्याख्या गरि कम्युनिष्टसंग मिल्नुलाई पनि मेलमिलाप भनेको आरोप लगाए। उनले कम्युनिस्टहरु सँग मिलेर राजसंस्थामाथि प्रहार गरेकोले नै देश संकटको भूमरीमा परेको पनि बताउन भ्याए।

राजसंस्था राष्ट्रवादी शक्ती भएको र नेपाली काङ्ग्रेस प्रजातान्त्रिक शक्ति भएकोले यी दुवैको गठजोडले नै नेपालको अस्तित्व अक्षुण राख्ने, उनको तर्क छ।

उनका अनुसार अब नेपाली कांग्रेस आफ्ना गल्तीहरु सच्याउँदै जहाँबाट बिग्रिएको थियो त्याहीँ फर्किनु पर्छ।

‘४६ सालको संविधान उत्कृष्ट भएकोले नेपाली कांग्रेस त्यसैमा फर्किनु पर्छ।’ भन्दै उनले भने, ‘विपीको लाइनमा फेरी फर्किनु पर्छ। त्यो भनेको संवैधानिक राजसंस्था र राजतन्त्रको पक्षमा उभिनु हो।’

उनले तत्कालका लागि हिन्दू राष्ट्रको पक्ष लिदै राजा सहितको प्रजातन्त्रको विकल्प नरहेको बताएका छन्। अन्तर्वार्ताको क्रममा कड़किदै उनले प्रश्न गरे, ‘हिन्दु राष्ट्रले के बिगारेको थियोरु संसारको एक मात्र हिन्दू राष्ट्र भनेर नेपालको अन्तराष्ट्रिय छबि थियो। त्यसलाई फालेर के पायौं त ?’

अहिले देश भित्र विदेशीहरुको चलखेल बढेको तर राजसंस्था हुने बेला सम्म त्यो स्थिति नरहेको उनको बुझाई छ। ” विदेशीहरुको चलखेल बढ्यो। राजसंस्था हुदा चलखेल थिएन यस्तो। राजसंस्था नहुदा हाम्रो आफ्नै सामर्थ्य, हाम्रो आफ्नै निर्णय क्षमता प्रयोग गरेको भए छुट्टै कुरा तर त्यो त देखिएन नि। त्यसैले पनि राजसंस्था अपरिहार्य भयो।’

२४ असोज २०७७, शनिवार ०८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु