राप्रपाले निर्वाचन आयोगको मान्यता पायो

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ।

राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका हुन्।

अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुसी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनस् एकीकृत गर्न सकेकोमा गौरव लागेको बताए।
एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनाव चिन्ह ‘हलो’ हुने भएको छ।

अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन्।
निर्वाचन आयोगलाई धन्यवाद दिँदै थापाले सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनाव चिन्ह ‘हलो’ हुनेछ।

राप्रपाको चुनाव चिन्ह जनतासम्म पुर्‍याउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक सञ्जालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु। पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु।’

२१ असोज २०७७, बुधवार १७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु