आजकै दिन पूर्वराजा ज्ञानेन्द्र शाहले अपदस्थ गरेका थिए प्रधानमन्त्री देउवालाई

२०५९ असोज १८ गते । १८ वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरूलाई भ्रष्टाचार मुद्दा लगाएर उनीहरूको राजनीतिक भविष्य सिध्याउन शाही आयोग गठन गरेका थिए ।
आजकै दिनदेखि ज्ञानेन्द्र शाहले निरंकुश शासन व्यवस्थाको अभ्यास गरेका थिए । उनले तत्कालीन मुख्य राजनीतिक दलहरूलाई बाइपास गर्दै राजावादी समूहलाई हातमा लिएर एकदलीय व्यवस्था सुरुवात गरेका थिए । निर्वाचित सरकारलाई नै अपदस्थ गरेकाले राजतन्त्रप्रति विश्वास कम हुँदै गएको थियो । तीन–चार वर्षसम्म यसरी नै सत्ता चल्यो ।
पछि २०६१ सालमा राजा शाह देउवालाई नै प्रधानमन्त्रीमा पुनस्र्थापना गर्न बाध्य भएका थिए । तर, २०६२ मा पुनः कू गरी शाहले शासन सत्ता आफ्नो हातमा लिएका थिए । तुल्सी गिरीलाई मन्त्रिपरिषद्को। उपाध्यक्ष बनाएर आफू अध्यक्ष बनेर शासन गर्न थालेका थिए । तर, तीन महिनामै राजाको शासन मात्र ढलेन, नेपालबाट राजसंस्था नै समाप्त भयो ।
विद्रोही माओवादीले जंगलबाट तत्कालीन शासन सत्तालाई चुनौती दिँदै आएका थिए । ज्ञानेन्द्र शाहकै कारण नेपाली कांग्रेस, नेकपा एमाले, संयुक्त जनमोर्चा, सद्भावना पार्टीलगायत सडक आन्दोलनमा गएका थिए ।
आज झन्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार भए पनि जनतामा आक्रोश, असन्तुष्टि कायमै छ । प्रधानमन्त्री केपी ओलीको अकर्मण्यताका कारण जनतामा दल र नेताहरूप्रति आक्रोश पैदा भएको छ । गणतन्त्रप्रति जनताको असन्तुष्टि बढ्दै गएको छ ।
१९ असोज २०७७, सोमवार १३:१० बजे प्रकाशित