प्रधानमन्त्री ओलीले ‘आइसोसेलनमा छु’ भनेपछि सचिवालय बैठक स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसोसेलनमा छु’ भनेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
शनिवार प्रधानमन्त्रीको सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।
शनिवार काठमाडौं उपत्यकामा मात्रै ११७७ जनालाई कोरोना पुष्टि भएको थियो ।
जसमा काठमाडौंमा १००१ भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
१८ असोज २०७७, आइतवार १०:४२ बजे प्रकाशित





