विप्लवसँग वार्ता गर्न प्रधानमन्त्री ओली तयार

प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समुहसँग वार्ता गर्न तयार भएका छन् ।
विप्लव समुहले बिचिन्न शर्शत राखेर वार्तामा आउन तयार रहेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले पूर्व मन्त्री समेत रहेका सोम प्रसाद पाण्डेलाई विप्पलव समुहलाइै वार्तामा ल्याउने गरी वातावरण तय गर्ने जिम्मेवारी दिएका छन् ।
पाण्डेले पनि आफुले विप्लव समुहलाई वार्तामा ल्याउने जिम्मेवारी पाएको स्वीकार गरेका छन् । ‘प्रधानमन्त्रीले भन्नुभएको छ । बाँकी वार्ता नै हुने भएपछि भनौंला’ पाण्डेले भनेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन यसअघि पटक पटक अपिल गरेका थिए । शुक्रबार पनि उनले यस्तै अपिल गरेका थिए । लगत्तै विप्लव समुहले शर्शत वार्तामा आउन र।हेको प्रतिक्रिया दिएको थियो ।
शुक्रबार मानवअधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका थिए । सरकारले लिखित पत्र पठाए वार्ता बस्ने वार्तामा बस्न सकिने स्थायी कमिटीका एक सदस्यले बताए ।
यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो’, पत्र पठाएन,’ उनले भने, ‘सरकार पनि इमानदार भएर आउनुपर्छ ।’ सो समूहले पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नबस्ने भन्दै शर्त राख्दै आएको छ ।
विप्लव समुहको शर्त कस्ता छन अध्ययन गरेर वार्ताको कुरा अगाडि बढाइने वालुवाटार स्रोतले जनाएको छ ।
१७ असोज २०७७, शनिवार १४:५६ बजे प्रकाशित