चिनियाँ एम्बेसी अगाडि विरोध जुलुस हुँदै

नेपाली भूमि मिचेको तथा १० महिनादेखि नाका नखोलेको भन्दै चिनियाँ एम्बेसी अगाडि बुधबार बिहान ११ बजे विरोध जुलुस हुँदैछ ।

लाप्चा बगरबारे कुरा गर्न प्रधानमन्त्रीले बोलाए चिनियाँ राजदूतलाई

तर, चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ ।

नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो ।
टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ ।

‘हामी चीनले भवन बनाएकै ठाउँसम्म पुगेका थियौं । त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा छ १२ नम्बर पिल्लर’ गाउँपालिका अध्यक्ष तामाङले भने, उहाँहरुले यो भूमि हाम्रै हो । तपाईहरुको केही कुरा भए बोर्डरमा गरौंला भन्नुभयो ।’

अध्यक्ष तामाङका अनुसार नेपाली टोली पुगेपछि चिनियाँ प्रहरीलाई सेनालाई खबर गरेको थियो ।

एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको भएको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो ।

चिनियाँ पक्षले भनेको सीमा भवनहरु बनेको स्थानबाट नेपालतर्फ एक किलोमिटरमा पर्छ ।

गाउँपालिका अध्यक्षका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन ।

सीमामा चीनले निहुँ खोज्न थाल्यो, ११ वटा भवन बनाएर पर्खाल लगायो

११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उनले बताए ।

‘११ नम्बरको पिल्लर नेपाल सरकारले खोजेको छैन, कहाँ छ भनेर यकिन भएको छैन’ उनले भने, ‘१२ नम्बरको पिल्लरका आधारमा घर बनाइएको क्षेत्र चिनियाँ भूमि हो कि नेपाली भनेर यकिन गर्न सकिन्न ।’

यद्यपि भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएको छ ।

नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो । तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ ।

७ असोज २०७७, बुधवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु