एक्कासी सर्यो नेकपाको सचिवालय बैठक

शुक्रबारलाई तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक सरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा हुन लागेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको तयारी नपुगेको कारण सरेको बुझिएको छ ।

बैठक असोज ४ गते आइतबार बस्ने स्रोतले जनाएको छ ।

बैठकमा पूर्व एमाले र माओवादीबीच सांगठनिक एकताका बाँकी कामका साथै मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठनका कामबारे छलफल हुने बताइएको छ ।

२ असोज २०७७, शुक्रवार ०८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु