ओली–प्रचण्डबीच भेटवार्ता सुरु, यी हुन एजेण्डा

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेटवार्तामा बिहीबार बस्ने सचिवालय बैठक र शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे छलफल हुनेछ ।

नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने स्रोतले बताएको छ ।

मन्त्री परिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् ।

दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए ।

अहिले खाली भएको मन्त्रालयमा मात्र नयाँ व्यक्तिलाई जिम्मेवारी दिने सोंचमा प्रधानमन्त्री ओली देखिएका छन् ।

प्रधानमन्त्रीले पछिल्लो समय खाली भएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत अरु मन्त्रीलाई तोकेका छैनन् ।

२४ भदौ २०७७, बुधवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु