निषेधाज्ञा नलम्ब्याउन तर नाकामा कडाई गर्न सरकारलाई २० सांसदहरुको खबरदारी

उपत्यकाका २० सांसदले लकडाउन र निषेधाज्ञालाई निरन्तर कायम नराखी बिभिन्न मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न सुझाब दिएका छन् ।

साथै उनीहरुले उपत्यका भित्र छिर्ने नाकामा भने कडाई गर्न सरकारलाई सुझाब दिएका छन् ।

मंगलबार सांसदहरुले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेरलाई भेटेर यस्तो सुझाब दिएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई भेटेर बुझाइएको सुझाब पत्रमा भनिएको छ, ‘लकडाउन र निषेधाज्ञालाई निरन्तर कायम नराखी बिभिन्न मेला, पर्व, चाडपर्व अघि मात्रै आवश्यकता अनुसार कायम राख्ने । तर, नाकाबाट हुने आवतजावतलाई कडाई गर्ने र त्यसको अनुगमन गर्नु पर्दछ ।’

सांसद भीमसेनदास प्रधान भन्छन्, ‘सँधै लकडाउन, निषेधाज्ञा गरेर मात्रै हुँदैन । मान्छेहरुको बेहाल भइसक्यो । चाडपर्व, जात्राहरुमा निषेधाज्ञा गर्नुपर्छ । अरुबेला त डब्लुएचओको मान्यता अनुसार निगरानी गरे हुन्छ नि! सीमाहरुमा कडाइ गर्दा भयो ।’

त्यस्तै, कोभिड र अन्य अस्पताल छुट्टाछुट्टै रुपमा तोकिनु पर्ने उनीहरुको सुझाब छ । संक्रमित हो कि हैन भनेर पत्ता लगाउन लिईने स्वाब टेस्टको रिपोर्ट २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउन पनि सांसदहरुले सुझाब दिएका छन् ।

सुझाब पत्रमा भनिएको छ, ‘काठमाडौंका ३२ वटै वडास्तरमा कन्ट्याक ट्रेसिङको व्यवस्था स्थानीय सरकारमार्फत मिलाउनु पर्दछ ।’

लकडाउन तथा निषेधाज्ञाका कारण प्रभावित हुने विपन्न तथा अति विपन्न परिवारका लागि सरकारको तर्फबाट आवश्यक राहतको व्यवस्था गर्न पनि उनीहरुको सुझाब छ ।

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

अस्पतालहरुमा स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना प्रवल रहेकाले काठमाडौंमा रहेका होटलहरु ६ महिनाका लागि भाडामा लिएर आवास र खानपिनको व्यवस्था गर्न पनि उनीहरुले सुझाब दिएका छन् ।

२४ भदौ २०७७, बुधवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु