नेकपा कार्यदलको प्रतिवेदनमा माधव नेपालको १५ बुँदे असन्तुष्टि

नेकपाभित्रको विवाद समाधान हुनेगरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा माधवकुमार नेपालले गम्भीर असन्तुष्टि जनाएका छन्।

बिहीबार बसेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनका १५ बुँदा टिपोट गरेर उनले आफ्नो असन्तुष्टि पोखेका थिए।

‘उहाँले प्रतिवेदनको १५ वटा बुँदालाई व्याख्या गर्दै आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो’, नेता नेपाल निकट एक नेताले भने।

नेता नेपालले आफ्ना असन्तुष्टिहरु सचिवालय बैठकमै राख्ने यसअघि उनका स्वकीय सचिव मोहन गौतमले फेसबुकमार्फत बताएका थिए।

सोही अनुसार नेता नेपाल सचिवालय बैठकमा प्रस्तुत भएका थिए।

१९ भदौ २०७७, शुक्रवार ११:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु